Untitled Document
10/Mar/10 ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको ज्यान को मृत्यु || राष्ट्यि भलिबल प्रतियोगितको उपाधी नेपाली सेनालाई || माओवादीको उदय शान्ति र लोकतन्त्र विरोधी शक्तिको रुपमाः देउवा || राजनितीक गतिरोध जारी रहे संविधान जारी नहुने भट्टराइ || बालिकासहित २ को मृत्यु ||  
TanahunOnline
 
 
 
 
 
 
आर्थिक मन्दीले रनमायाको ब्यापार घटेको छ (कथा)


 
एल एन सुवेदी 'हस्ती' 
दुबई यू ए ई
 
परदेशका उराठलाग्दा दिनहरुको न्यास्रो थकाइ र एक्लोपनलाई मेटाउँदै केही मनोराजन गरौं भनी मेरो एक जना साथीले गएको डिसेम्बर महिनाको अन्तिम शुक्रबारका दिन उसको कोठामा साँझको खानको लागि बोलायो । आफ्नो ड्यूटी सकेर हतार हतार गर्दै म पनि उसको बासस्थान तर्फ लागंे । आफ्नो गच्छेअनुसार खाना पिना समयमा नै बनाएछ । म पुगेपछि उसका अरु दुई जना साथीहरु पनि आए । सामान्य चिनाजानी भएपछि साथीले एउटा म्याकडोयल्स्को बोतल खाट मुनितिरबाट निकाल्यो । सलाद र केही स्नयाक्स् एउटा प्लेटमा सजाएर खाजाको बोतल गिलासमा अलि अलि खन्यायो । कसैले थोरै र पानी पेप्सी मिसाए, कसैले त्यत्तिकै सुड्क्याए । शुरु शुरुमा अलिक लजाए झै गर्दै थिए । पछि नशाले छुन थालेपछि सबै जना खुल्न थाले । अक्सर लोग्ने मान्छेहरु बसेका ठाँउमा बढी छाडा र मनोरजनका कुरा निस्कन्छन् । नशाले काम बासनालाई उत्तेजना फैल्याउने काम गर्छ । यस्तो अवस्थामा मान्छेले आपुूले गरेका करतूतहरु सबै ओकल्न थाल्छ । त्यँहा पनि एउटाले अलिकति अर्कोले अलिकति गर्दै कुराहरु निकाल्न थाले । ती तीन जना तीन थरीका देखिन्छन् । एउटा लामा लामा हात खुट्टा  दुब्लो शरीर भएको  लामो कपाल पालेको हातमा के केका तान्द्राङ्ग तुन्द्रङ्ग माला भिरेको चरीनङ्ग्रे बाहुन जस्तो छ । अर्को धम्मरधूस कालो हेरी नसक्नुको प्रष्ट नेपाली भाषा बोल्न पनि नजान्ने धसिमुग्रें छ । अर्को तीखा तीखा कपाल भएको  भ्याल्टाक्क भूडी झुिाडएको  आँखाले घूम ओढेको मैला दुत भएको मतवाली जस्तो छ । रक्सीको चुस्की तान्दै चरीनग्रेंले कुरा झिक्यो । यो रक्सीसँगै अर्को पनि भएको भए भनेर ठूलो आवाज निकालेर हिहिहिहिहि गर्यो । धसिमुगं्रेले कुरा थप्यो  तिमी त त्यै रनमायाको कुरोमा गैहाल्छौ । मतवाली जस्तो बोल्यो  ए केटा हो तिमीहरु पनि त्यै केटीमा जान्छस् कि के हो  मरन्च्याँसेले भ्याल्टेलाई उल्ली बिल्ली पार्ने शूरले दाइको कुरा त बल्ल पो थाहा भयो भन्दै कोठा नै थर्किने गरी हाँस्यो । धसीमुगं्रेले थप्यो बूढो त हेर्दा मात्रै पो सोझो रहेछ ।

मेरो काम भनेको तिनीहरुको प्रकृति र चरित्रको अध्ययन गर्नु थियो । तर मेरो कि्रयाकलापले चरीनग्रेलाई शंका भएछ क्यारे  उसले मुख फोर्यो के हो दाइ चाँही हाम्रो मात्रै कुरा निकाल्ने आपुूचाँहि नभन्ने  भन्दै र्याखर्याख्ती पार्यो । धसीमुग्रेले सोध्यो तपाइर्ं नेपालमा के गरी हाल्नु हुन्छ  मैले जवाफ दिएँ म मास्टरी गथेर्ं । मेरो कुरा भूईंमा खस्न नपाउँदै मरन्च्याँसे बम्कियो  साले मास्टर……………हरु भने पछि भ्याल्टेले सम्झायो हेर केटा तेरो बहिनीलाई वहुले त बरबाद गरॆको हैन होला नि ? च्युसे अलिक शान्त भयो र सरी भन्यो । च्याँसेकी बहिनीलाई त्यसै गाँउमा पढाउने कुनै मास्टरले बर्वाद पारेको रहेछ । उसको आक्रोशमा म परंे । धसिमुगे्रले अलिक जिब्रो लट्पट्याउँदै भन्यो  अरे हो ! सबै सरबा एकै हुदैन । तिमी चाँडै रिसाइ हाल्छ  प्याक थप । सबैले एक एक प्याक थपे । सबैले आ-आफ्ना कराहरु पालैपालो सुनाउँथे । तिनीहरु मध्ये भ्याल्टे अलिक कम बोल्थ्यो र तार्किक कुराहरु बढी गर्थ्यो ।
 
म सभामुख जस्तै रुलिङ्ग गर्दै जान्थे  तिनीहरु बिगतमा आपुूहरुले गरेका आफ्ना कि्रयाकलापहरु ओकल्दै जान्थे । धेरै जसो अपशब्द बोलेर समय जान्थ्यो । यस्तै छाडा कुराहरु बोलेर मजा लिन्थे । च्याँसेले रनमायाको सौन्दर्य कुरा निकाल्यो । धसिमुगे्रले एक हलको मेलो हाँस्दै भन्यो 'अरे त्यो माल त झिम्पाक मटेरियल हो' । उनीहरुले पालैपालो रनमाया कहु गएको काया कैरन निकाले । कोही हप्तामा पाँच चोटी गए  कोही सातै दिन गए । ओभर टायम गरेर कमाएको र बोनसबाट आएको पैसा मात्र खर्च गरेनन्, तलबको सबै पैसा त्यतैतिर फ्याँके । पाकिस्तानी र बाङ्गलादेशीको लाइन देखेको भए तिमी छक्क पथ्र्यौ भन्दै च्याँसेले अचम्म मान्यो । मिस्री र भारतीयहरु पनि कम जाँदैनथे । मैले नै कति चोटी घण्टाै घण्टा कुर्नू परेको छ  धसिमु्गं्रेले आफ्नो अनुभव सुनायो । त्यत्रो पैसा के गरी होली  सबै अचम्ममा परे । चरीनगंे्र अनुहार रातो बनाउँदै शौचालयतिर पसेर निकैबेर हरायो । तिम्रो यही त आदत खराब भएको छ भन्दै धसिमुग्रेंले गाली गरे जस्तो गर्यो । उमेरमा यस्तै हुन्छ भन्दै भ्याल्टे फिस्स हाँस्यो । तिनीहरुले अनुमान लगाए आर्थिक मन्दी नभएको भए रनमायाको ब्यापार कति चल्थ्यो होला  अहिले त तलबको पैसँल् खुन लगाउन नै पुग्दैन कँहाबाट त्यस कँहा जानु, च्याँसेले निरासा ब्यक्त गर्यो ।
 
देबे्र हातको कान्छी आंैलाले दाँतमा लागेको खानेकुरा कोट्याएर भूईंमा ओच्छाएको कागज माथि थुथु गरेर थुक्दै भ्याल्टॆ बोल्यो  हेर केटा हो ७३ढटण्स मान्छे परिस्थितिको कठपुतली हो । रनमायाको विवशता तिमीहरुलाई थाहा छ  कसैले पनि आफ्नो ईज्जत त्यसै दाउमा लगाउँदैन । उसले पनि बध्यताको भूमरी भित्र परेर यसो गर्न पुगी । उसले बाँच्नु थियो । आपुनो टुटेको जिन्दगीलाई कहंी न कहंी किनारा लगाउनु थियो  ब्यवस्थापन गर्नु थियो । उसले त्यसै गरी के बिगारी  तर औरतको ईज्जतमा दाग लागेको राम्रो हुदैन नि दाइ  धसिमुगं्रेले प्रतिवाद गर्न खोज्यो । तँ मधिसे सधैं तर्क मात्र गर्न खोज्छस् भन्दै चरीनगे्र बोल्यो । अरे ओ छोड्का के को मधिसे ? तपाइ हामी एकै आमाको सन्तान हैन ? देख्नुहोस्, म एक मधेस एक प्रदेश चाहिन्छ भनेर हामी नेपाली बीचको सम्बन्ध बिगार्ने ब्यक्ति हैन । के भन्छ त्यसलाई  उपराष्ट्रपति पदको लागि हिन्दीमा सपथ खाने त्यो परमानन्द की धर्मानन्द झा जस्तो आद्मी म हैन । पसिनामा बाँच्नको लागि यँहा आएको छु । तर बेइमान गरेर खाएको छैन बुझ्यौ ? के तपाइ छुट्टीमा जाँदा बृजकिसोरको गेष्ट हाउसमा पूरा मनोरजन गराएको छैन । ऊ दाइ पूर्वको छ, तिमी पोखराको छ, म मधेशको छु, मलाई देखाउँदै ऊ सर पहाडको छ । हामी सबै मिलेर बसेको छैन, धसिमुगं्रेका आँखा टल्पलाए । त्यँहा झगडा पर्ला की जस्तो भएको थियो । भ्याल्टेले सुसुपालतिर हेर्दै भन्यो -तँ च्याँसे पनि त्यत्तिकै हेपेर बोल्छस् । यो कालेले तँलाई आफ्नो साख्खै भाइ भन्दा नजिकको ठान्छ । सुसुपालले धसिमुगं्रेलाई अगाँलो हालेर मेरो काले दाइ भन्दै कुंिडएको मन साफ गरे ।

भ्याल्टलॆ रनमायाको जीवन कहानी सुनाउन शुरु गर्यो । रनमाया कलिलै उमेरमा आफ्नो शारीरिक शोषणको शिकार भई । ऊ यस्तो हुनुमा गरीबि  सामाजिक चेतनाको कमी र महिला माथि हुने असुरक्षाको कारणले गर्दा हो । राजमार्गको किनारामा एउटा सानो भट्टी पसल थापेर बसेको रनमायाको परिवार त खासै ठूलो हैनथ्यो । रनमायाउसका दुई जना भाइ बाबु र आमा गरी जम्मा पाँच जनाको परिवार थियो । दिन, महिना र बर्षहरु जसैतसै बितेकै थिए । भट्टीको दोकान हो  अठार थरीका मान्छेहरु आउने नै भए । कोही राम्रै ईरादा लिएर आउँथे, कोही नराम्रो नियत लिएर पनि आउँथे । 'त्यो मान्छेको बिवेक, विचार र चरित्रमा भर पर्ने कुरा हो । उनीहरुको काम धन्दा नराम्रो नभए पनि मानसिक विचारको दरिद्रता भित्र मरॆको हाम्रो समाजले त्यो भन्दा माथि उठेर महिलाहरुलाई हेर्दैनथ्यो । बढेका छोरीचेली देखेपछि असभ्य लोग्ने मानिसहरुको भिड लाग्छ ।' रनमायाको भट्टीको दोकानमा पनि त्यस्तै हुन थाल्यो । त्यँहा गाडी चलाउने ड्राइभर देखि कलेज पढाउने प्रोफेसरसम्म, कार्यालयका पियनदेखि हाकिमसम्म, गाविसका वडा सदस्यदेखि माननीय संसदहरु सम्मको लाइन हन्थ्यो । आपत्ति र दूर्गति बाजा बजाएर आउँदैन भन्छन् । रनमायाको दूर्गतिको दिन निम्त्याए त्यसै जिल्लाका सि डि ओ साबले । एक दुई पटकको आवत् जावत् र हेराइले सि डि ओ साबको होशले ठाउँ छोड्यो । रनमाया कुनै पनि मुल्यमा उनलाई चाहिने भई । कुरा मिलाउन खासै गाह्रो थिएन । शुत्र प्रयोग मात्र गर्नु पथ्र्याे । उनकै कार्यालयमा काम गर्ने पियनद्वारा कुरा चलाए । पियनलाई पदोन्ति हुनु थियो । 'त्यसै पनि अड्डा कार्यालयमा घूष लिन र गैरकानूनी रुपमा काम गर्न  यिनै निरिह कर्मचारीको सहयता लिन्छन् । निम्न तहका कर्मचारीलाई काम अह्राउँछन् र आपुू नजाने जस्तो हुन्छन् ।' सि डि ओले पनि त्यसै गरे । पियन आएर रनमायाकी आमासँग कुरा चलायो । अफिसमा टाइपिष्टको नोकरी लगाई दिने हो । पछि पदोन्नति हुन्छ, खरदार ना सु हुँदै अधिकृतसम्म पुग्ने सभ्भावना बतायो । रनमायाकी आमाले आफ्नी छोरी अधिकृत भएर सेतो नं प्लेट भएको सरकारी गाडीमा सुकिला कपडा लगाएर आएको दिउँसै सपना देखि । ढीलो नगरी आफ्नी कलिली छोरीलाई सि डि ओसँग भेट्ने आदेश दिई । पियनले रनमायालाई लिएर सि डि ओको अफिसभित्र  गयो । रनमायालाई बस्ने इशारा गर्दै पियनलाई बाहिर जानको लागि सि डि ओले आँखा झिम्कायो ।
 
अलि अलि आँखा भित्र गडेको  अगाडि माथि पट्टीका दाँत अलिक छिचरा भएको, अग्लो ढाकाको टोपी लगाएको ख्याउटे ख्याउटे परेको सि डि ओले राता र रसिला ओठ बनाएर रनमायातिर हेर्दै भन्यो हेर नानी, म जे भन्छु त्यही मान्दै जाऊ  पछि ठूली मान्छे बन्छौ  यो अफिस तिम्रो हुन्छगाडी तिम्रो हुन्छ के के भन्यो के के, अब रनमाया कमारी रहिन । जागीर दुई महिना पछि भन्छ चार महिनापछि भन्छ तीन महिना पछि भन्दै बर्ष दिन बित्यो र आखिर ऊ सरुवा भएर अन्तै गयो । रनमायाले आपुूलाई छाँगाबाट खसेको भेटी । कुरा मिलाउन लैजाने पियनलाई सोधी उसले जवाफ दियो  हाकिम सापको सरुवा भैहाल्योमैले कँहाबाट जागीर लगाइ दिउँ जो हुनु भई सकेको थियो । रनमायाले आपुूलाई सम्हाल्दै हिम्मत गर्दै भनी ूयस साले कुकुरको टाइपिष्टको जागीर नै किन चाहियो  पैसा त जसरी पनि कमाइन्छ कमान्छू भन्र्दै यो पेशा अगाल्न पुगी । शुरुका दिनमा उसलाई अलिक अफ्ठ्यारो लाग्यो । उसले ज्यान छोडी । समाजले रनमायालाई थुक्यो । उसले पर्वाह गरिन । जवानी थियो ग्राहकहरु आफंै आउँथे । आफ्नै लगानीबाट हामीलाई उधोग धन्दा साचालन गर्न पैसा हुदैन तर यस्ता काममा खर्च गर्ने पैसा जट्छ ।

भ्याल्टेले दार्शनिक पारामा महिला र सेक्सको परिभाषा गर्दै भन्यो 'यदि सूक्ष्म रुपमा अध्ययन गर्ने हो भने महिलाहरु हरेक पलमा बिभिन्न रुपमा शोषण भएका हुन्छन् । बिहान घरबाट निस्किए पछि घर नपसुन जेलसम्म एक प्रकारको भय र त्रास भइनै रहन्छ । स्कूल पढ्ने बालिका देखि कलेज पढ्ने युवती हुन् वा काम गर्ने कर्मचारी देखि गाउँबेसी मेला पात गर्ने  महिला सबै कहि न कही त शोषित भएकै हुन्छन् ।' शोषणका प्रकारहरु फरक फरक हुन सक्छन् । कसैले शारीरिक शोषण गर्छ कसैले मानसिक शोषण गर्छ कसैलेसामाजिक शोषण गर्छ भने कसैले महिलाहरुको सौन्दर्यताको शोषण गर्छन् । शारीरिक मानसिक र सामाजिक शोषण चाँही महिलाहरु प्रति गरिने जघन्य अपराध हुन् भने सौन्दर्यताको शोषण चाहंी प्रकृतिको नियम वा सामान्य परिस्थितिको उपज हो । लोग्ने मानिसहरुले महिलाहरुको सौन्दर्य शोषण विभिन्न प्रकारले गर्छन् । 'कसैले उनीहरुका आँखा हेरेर  कसैले हाँसोबाट, कसैले अनुहार र दाँतबाट, कसैले कपालबाट, कसैले शारीरिक पुष्टता हेरेर आनन्द लिन्छन् । यी शोषणहरु प्ा्राकृतिक नियम भित्र पर्दछन् । यसलाई अपराध मानिदैन । सामान्य जीवन शैलीको पद्धति जस्तै हो । जीव शास्त्रको आवश्यकता हो भनौं' भ्याल्टेले तिनीहरुको क्लास लियो । रनमायाको कुरा चांही उसको बाध्यताको पेशा हो  उसले हामीलाई त्यसै मनोसाजन दिएकी छैन पैसा पनि लिएकी छ । अगाडि के भयो भनेर त्यसलाई नहेर्ने हो भने यँहाको अवस्थामा हामीलाई दोष छैन त्यत्ति अपराध लाग्दैन । फरक हामी आफंैले आपुूलाई कन्ट्रोल गर्नु पर्छ । भ्याल्टे खाटमा अडेसा लागेर लेट्यो । अरु दुईटा प्याक थप्नमा ब्यस्त थिए ।

 

आर्थिक मन्दीले रनमायाको ब्यापार घटेको छ (कथा)
पलाँसको बोट-चिरन्जिवि सुबेदी
लाउन पाए साडी (चिरञ्जिवी सुबेदी)
नेपालमा चुल्हो किन ? (चिरञ्जिबी सुबेदी)
गजल (खड्क बिक्रम खाड ठकुरी)
नेपालका माक्सबादीहरु (पशुपति शर्मा)
नेपालको राजनीति (रामु गैरे)
आमा (चिरन्जिवी सुबेदी)
गजल (बसन्तमोहन अधिकारी)
बिसौनीको चोली उनको (चिरन्जिवी सुबेदी)
मेरो लिलाम भइसकेको छ (प्रेम सागर सुवेदी)
बिदेश यात्रा (एल एन सुवेदी)
गजल (बसन्त मोहन अधिकारी)
गजल मिन रानाभाट भानु-३, तनहुं, हाल :- अबुधाबी,युएइ
गीत मिन रानाभाट, भनु-३,तनहुं, हाल:- अबुधाबी,युएइ
अधेरीमै आउनु तिमी -योगेन्द्र गिरी ,संघश,
गजल - राजेश नेपाली, अर्घाखाँची
अस्पतालको तन्ना - मीना पाण्डे क्रान्ति
संक्रमणको यस घडीमा तिम्रो स्मरण गर्दै -पशुपति शर्मा बाग्लुङ, हाल दोहा कतार
पर्खि रहे तिमी आउछौ भनी......रामु गैरे
जनता मर्न छन् तयार।। ताराश्वरशर्मा बाग्लुङ, हाल दोहा कतार
"उनिहरु सधैं सर्बाङ्ग हुन्छन"- हरिहर दाहाल,क्यालिफोर्निया
पृथ्वी गोलो छ (गजल)- राकेश कार्की
तिमी धोका दिनछौ भने सानु (योगेन्द्र, संघस)
अन्तराष्ट्रिय अदालतमा रामको अग्नी परीक्षा (दीपा एवाई राई)
गजल (खड्क बिक्रम खाड ठकुरी )
संसार बिचित्रको छ (अर्जुन दाहाल)
दिल मेरो रोइरहेछ (योगेन्द्र जोगी)
नेपाली सपना र बिपना (बसन्त मोहन अधिकारी)
धोकाले ग्रसित (योगेन्द्र 'सँघर्ष')
स्वतन्त्र चाड तिज (खड्क बिक्रम खाड ठकुरी)
मेरी दिलकी राजकुमारी !(मिन रानाभाट)
बिदाइका यी हातहरु...! (मिन रानाभाट)
पिपलु चौतारीको आत्मलाप (अनुज श्रेष्ठ 'प्रवास')
मलाई घृणा गर्नुहुन्छ (अर्जुन दाहाल)
राष्ट्रको यस घडीमा (पशुपति शर्मा)
उठ जाग अठोट लिएर (खड्क बिक्रम खाड ठकुरी)
राष्ट्रको यस घडीमा (पशुपति शर्मा)
गजल (बसन्त मोहन अधिकारी)
युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान (नन्दलाल आचार्य)
बेबाफा (रामु गैरे)
मेरो अर्घाखाँची (रामु गैरे)
लोभ (कविता)-राकेश कार्की
आफ्नै विरौटो खेत जोत्ने मन थियॊ (एल एन सवेदी 'हस्ती')
खुकुरी उधाउने रहर जागेको छ (दिपक घिमिरे)
एक टुक्रो जागीर (एल एन सुवेदी 'हस्ती')
धर्म (बसन्त मोहन अधिकारी)
गजल (खड्क बिक्रम खाड ठकुरी)
फर्कि आउनू (केदार श्रेष्ठ 'गगन')
हार मान्यो मनले (रामु गैरे)
गजल (केदार श्रेष्ठ 'गगन')
मलाई जंगल फर्कन मन लाग्दैन (खड्क बिक्रम खाँण ठकुरी)
प्रियासिको सम्झनामा (रामु गैरे)
गजल (केदार श्रेष्ठ 'गगन')
ती मेरा यादहरु (रामु गैरे)
'नाङ्गी' द्रौपति (दिपा एवाई राई)
गजल (टेक थजालीमगर)
यस्तै हुदो रहेछ (रामु गैरे)
गजल (केदार श्रेष्ठ 'गगन')
गजल (असीम महत)
'म हुँ एक नेपाली'(मिन रानाभाट)
दास् बनायो ! (बिक्रम खाँण ठकुरी)
हावाको क्यान्भासमा संगीतकार दिनेश सुब्बा
स्रष्टा र पात्र : धूस्वां सायमिकी दीपा
गित र गजल (बशन्त मोहन अधिकारी)
गीत (के बि चाम्लिङ्ग राई)
बेकाम जिन्दगी (केदार श्रेष्ठ 'गगन')
"आमा" (मिन रानाभाट)
हराएको सपना (केदार श्रेष्ठ 'गगन')
उस्तै छन् दुखाईहरु (मान बहादुर थापा)
तरुनी रात (केदार श्रेष्ठ 'गगन')
पार्टी भित्र फुट छ (गजल)- राकेश कार्की
ठूली (केदार श्रेष्ठ गगन) हाल-अनेसास यू.ए.ई.च्याप्टर ठूली म कसरी भूल्न सक्छु तिम्रो र मेरो त्यो प्रेम मेरो आँखामा बसेकी छौ आँखाको नानी बनेर जब
ठूली (केदार श्रेष्ठ गगन) हाल-अनेसास यू.ए.ई.च्याप्टर
गजल (जैकी मोजाहु)
आमाको बाणी (बसन्त मोहन अधिकारी)
सहर (अनोज श्रेष्ठ)
क्षितिज पर-एक दृष्टि (होमनाथ सुवेदी)
तिम्रो अभाव (कविता)-केदार श्रेष्ठ 'गगन'
नयाँ भन्नु आवरण होइन (कविता) प्रतिसरा सायमी)
मंत्रीज्यूलाई फुर्सद छैन (गजल) राकेश कार्की
शुभकामना नयाँ वर्ष तिमीलाई (अजिम बकस मियाँ)
खौल परेको देश दाम्ला परेका नेता
गजल -बद्री पोखरेल 'ध्वनी'
गीत -केदार श्रेष्ठ 'गगन'
गजल
माइला दाइ(कविता)
मताएर मलाई (गीत)
जीवन यात्रामा पानी बग्छ, रुक्दैन (कथा)
बालसाहित्यमा स्रष्टा पुन्य कार्कीको योगदान
गजल (केदार श्रेष्ठ 'गगन')
गजल (तिर्थमान श्रेष्ठ)
रुन्चे हाँसो (केदार श्रेष्ठ 'गगन')
मेरो मुटु- कविता (केदार श्रेष्ठ "गगन")
धिकार्दैछिन आज आमा (खडक बिक्रम खाँड)
पार्टी भित्र फुट छ (गजल)- राकेश कार्की
अभिषाप -(बसन्त मोहन अधिकारी)
मायाँ (कथा)- करिम "एक्लो"
गीत (केदार श्रेष्ठ "गगन")
गजल (बसन्तमोहन अधिकारी)
गजल (केदार श्रेष्ठ "गगन")
बिवेक (पुरुशोत्तम सुबेदी)
याद उसको (कविता)- केदार श्रेष्ठ "गगन"
हल्का मुस्कान (मुक्तक) -चेतवहादुर खड्का "प्रतिभा"
गजल -(बसन्त मोहन अधिकारी)
हाम्रो देशमा (गजल) -राकेश कार्की
कविता -चेतवहादुर खड्का "प्रतिभा"
सुख कहिलेई नपाए पछी -पुरुषोत्तम सुबेदी
गीत - आनन्द भट्टराई
चुहिरहेछ नयनको डिल (गीत) राकेश कार्की लस् एन्जेलस्
बिचरा हजुर आमा बितिछन -पुरुशोत्तम सुबेदी -बेल्जियम
कबिता -ज्याहुल हक मिँया कास्की रुपाकोट १ हालः अबुधावी अजमान jaulhakmiya@yahoo.com
कबिता -अजिम बकस मिँया कास्की रुपाकोट १ हालः अबुधावी युएई
बिजुलीले झट्का
लोकतन्त्र
विलिन व्यक्तिगत स्वतन्त्रता, किरण पौडेल- कुवेत
विलिन व्यक्तिगत स्वतन्त्रता
यस्तै भो मायामा फसेपछि - गजल
बेग्लै हुन्छ, पुरुशोत्तम सुबेदी -बेल्जियम
साहित्य श्रस्ठाहरु लाई मेरो नमस्कार- पुरुशोत्तम सुबेदी -बेल्जियम
किन दौडी रहेछौ ब्यार्थैमा- पुरुशोत्तम सुबेदी -बेल्जियम
मेरो आंगनमा दसैं पर्व - पुरुशोत्तम सुबेदी -बेल्जियम
लघुकथा "स्वाङ" -किशोर पहाडी
अलमलियको प्रदेसी- पुरुशोत्तम सुबेदी (बेल्जियम)
गजल- बसन्त मोहन अधिकारी
जवानीका मातहरु -कृष्णहरि पण्डित
गजल -बसन्त मोहन अधिकारी
गजल -कृष्णहरि पण्डित
मन्त्रीज्यू कसरी भो समानता राकेश कार्की
प्रचण्ड (गजल) -बसन्त मोहन अधिकारी
भावना -कृष्णहरि पण्डित
गजल -बसन्तमोहन अधिकारी
गजल - बसन्त मोहन अधिकारी
किन ?
प्रभु स्तुति
धन्य छ तनहुँ तिमीलाई (कविता)
गजल
"प्रवासी हामी" -वेदप्रसाद पौडेल
प्रदेशतीर बाट -प्रवास श्रेष्ठ "अशक्त"
गजल (बसन्त मोहन अधिकारी युएई)
प्रथम विलयन गजल संग्रह आरोहण (समिक्षा) - बसन्तमोहन अधिकारी
गजल - बसन्त मोहन अधिकारी यूएई
बैगुनी (गीत) राकेश कार्की लस् एन्जेलस्
किताब-विक्रम सुब्बा
गजल- किन फाटी गयौ
'गजल' -बिराज हावा
हराउँदैछन् दन्त्य कथाहरु - समीक्षा कोइराला, १७ जेठ पोखरा ।
म संकटमा परेको छु (कथा)-लोक सुवेदी (हस्ती)
शान्ति- (राकेश कार्की)
भ्रम
नेपाल यस्तो भयो
गजल
संबिधान सभा
शुभकामना
दुःखान्तनाटक 'तीन बहिनीहरु’ र 'चेखोव’
म आँउदै छु तिमीलाई भेट्न
रहर हो कि वाध्यता ?
हिंड्दैछु नागा हिलैमा राइफल छ काँधमा पीर शीरैमा ।............
  Untitled Document