|
तनहुअनलाईन सी।पी खनाल फागुन २२ आईतवार बुटवल
सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पाको चिदीपानी गाविस १ अगाहा खोलामा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको ज्यान गएको छ ।
पर्वत बेउलीबासका ३६ बार्षिय पुन्य प्रशाद भूषालको घटनास्थलमै र रुपन्देही दुधराक्ष १ का मोटरसाइकल चालक चेतनारायण भट्टराईको उपचारको क्रममा मिशन अस्पताल तानसेनमा ज्यान गएको प्रहरीले जनाएको छ ।
पोखराबाट बुटवल तर्फ आउदै गरेको ना ३ ख ४१२० नम्बरको ट्रक र वुटवलबाट पोखरा जादै गरेको लु ६ प ५६२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रण रहेको छ भने चालक फरार रहेका छन् । यसैबीच अर्घाखाँचीको बाँगीमा माटोको ढिस्काले पुरिएर १ जनाको ज्यान गएको छ ।
स्थानीय बासिन्दाका अनुसार माटो खन्दै गर्दा घाईते भएकी बाँगी २ गुराँसेकी १४ वर्षीय टेकी कुमारी बिकको उपचारका क्रममा ज्यान गएको हो ।
|