|
पर्यटन व्यवसायीको हितमा संविधान बनाउन आग्रह |
|
तनहूँ अनलाईन, फागुन २९ गते बुधबार
पोखरा । पोखराका पर्यटन व्यवसायीले संविधान सभाको चुनाव पर्यटन व्यवसायीहरुको हितमा संविधान बनाउन राजनीतिक पार्टीसित आग्रह गरेका छन् । उनीहरुले प्रायजसो विभिन्न ठाउँमा हुने बन्द, हडताल र चक्काजाम जस्ता क्रियाकलापले पर्यटन व्यवसाय खस्कदैं गएको गुनासो गर्दै बन्द र हडताल जस्ता गतिविधि नगर्न प्रतिबद्धता राजनीतिक पार्टी आफनो घोषणा पत्रमा समावेश गर्नुपर्ने खाँचो समेत औंल्याए ।
पोखरा होटल व्यवसायी संघ-फा नवौं बाषिर्क साधारण सभामा पोखराका पर्यटन परिषदका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले राजनीतिक पार्टीले विभिन्न बहानामा गर्ने बन्द चक्काजाम र हडतालले पर्यटन व्यवसाय खस्कदैं गएको बताउँदै संविधान सभाको चुनावँसगै त्यस्ता गतिविधि नगर्ने प्रतिबद्धता राजनीतिक पार्टी गर्नुपर्नेमा जोडदिनुभयो।
र्'पर्यटन विकासको दिगो शान्ति आवश्यक छ ।' उहाँले भन्नुभयो-'चुनावपछि शान्ति स्थापनासँगै पर्यटन विकास हुने निश्चित छ तर बन्द र हडताल चक्काजाम जस्ता गतिविधि गर्न हुदैन् ।' नाटा क्षेत्रीय च्याप्टर पोखराका अध्यक्ष पशुपति शर्माले बन्द र हडताल जस्ता कार्यक्रमले पर्यटन व्यवसाय ध्वस्त पारेको बताउँदै त्यस्ता आन्दोलनका कार्यक्रम आयोजना नगर्ने प्रतिबद्धता राजनैतिक पार्टीले गर्नुपर्ने आग्रह गर्नुभयो । र्'पर्यटन विकासको लागि संविधान सभा निर्बाचनको घोषणा पत्रमा पार्टीले बन्द हडताल र चक्काजाम जस्ता गतिविधि नगर्ने प्रतिबद्धता घोषणापत्रमा समावेश गर्नुपर्छ ।' उहाँले भन्नुभयो । चुनावकै कारण होटल व्यवसायी संघले वर्षोनी आयोजना गर्दै आएको फेवा नववर्षमहोत्सवको समय पछि सारिएको छ ।
'चुनावका कारण फेवा नव वर्षमहोत्सव दुईसाता पछि सारिएको छ ।' संघका अध्यक्ष बच्चुराम तिवारीले भन्नुभयो-'महोत्सवको आवश्यक तयारीमा जुटेका छौं ।' फेवातालको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले संघले वर्षोनी नेपाली नयाँ बर्षा महोत्सव गर्दै आएको छ । महोत्सवमा तालमा मौलाउँदै गएको जलकुम्भी झार फाल्ने गरिन्छ । चैत्र २८ को संविधान सभाको निर्बाचनलाई सफल बनाउन सबै जुट्नुपर्ने अवस्था आएकोले महोत्सव पछि सारिएको संघका अध्यक्ष तिवारीले प्रष्ट पार्नुभयो ।
साधारण सभामा बाषिर्क र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संघले यो वर्षनि फेवा नव वर्षमहोत्सव गर्ने जनाएको छ । पाँचौ फेवा नव वर्षमहोत्सव आउँदो बैशाखको दोस्रो साता आयोजना गर्ने होटल व्यवसायी संघका पदाधिकारीले बताएका छन् । |
|