Untitled Document
10/Mar/10 ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको ज्यान को मृत्यु || राष्ट्यि भलिबल प्रतियोगितको उपाधी नेपाली सेनालाई || माओवादीको उदय शान्ति र लोकतन्त्र विरोधी शक्तिको रुपमाः देउवा || राजनितीक गतिरोध जारी रहे संविधान जारी नहुने भट्टराइ || बालिकासहित २ को मृत्यु ||  
TanahunOnline
 
 
 
 
 
 
गाँठवाला मर्द खोज्दै कोमल

तनहुँ अनलाईन, असार २१, आइतबार, काठमाण्डौ । कहिले गज्जबको तन्नेरीले गाजले नानी भनेर जिस्क्याउँदा लाजैले भुतुक्कै भएको बताउने त कहिले पोइला जान पाऊँ भन्दै प्रेमी खोज्ने गरेकी गायिका कोमल वली अब भने मनमा आँट अनि गोजीमा गाँठ भएको मर्दको खोजीमा छिन् । शनिबार राजधानीको नारायणस्थानमा यही गीतमा कम्मर मर्काइ-मर्काई नाच्दै थिइन् कोमल । गाइरहेकी थिइन्,

कसलाई के भनूँ र खोइ
मनमा आँट भाको
गोजीमा गाँठ भाको
यत्तिको मर्द भेट्टिन कोही
 
अझैसम्म पनि उनले चाहेजस्तो मर्द भेट्टिको छैन रे ! 'त्यही भएर बिहे नगरेकी नि' टन्टलापुर घाममा विवाहित महिलाको झैँ रातो साडी र गहनाले झकिझकाउ भई आफ्नो गीतको म्युजिक भिडियोको सट दिइरहेकी कोमलले भनिन्, 'यसपालि दिदी-बहिनीलाई कम्मर भाँची-भाँची नचाउने सुरुमा छु । गीत पनि सुन्नेबित्तिकै नाचूँ-नाचूँ लाग्नेखालको छ ।' नजिकिँदै गएको हिन्दुनारीको महान् पर्व तीजलाई लक्षित गरी गायिका कोमलले बजारमा ल्याउन लागेको एल्मब भेटिएन यत्तिको मर्द कोही को एउटा गीतको भिडियोको छायांकन भइरहेको थियो त्यहाँ । वरपर दर्जन युवतीलाई साथ लिएर आफू बीचमा नाच्दै थिइन् उनी । कोमलको उक्त गीतको संकलक प्रेम बराल रहेका छन् भने लय निकालेका हुन् मिबम क्षेत्रीले ।

गायिका कोमलले पोइला जान पाऊँ गीत बजारमा ल्याएपछि उनलाई 'काउन्टर' दिँदै उनै गायक मिबमले 'मैले ल्याउन पाऊँ' नामक एल्बम बजारमा ल्याएका थिए, जसले गर्दा गायिका कोमल र गायक मिबमबीच विवाद उत्पन्न भएको थियो । तर, शनिबार कोमल र मिबम एउटै भिडियोमा सँगै अभिनयरत थिए । खास कुरा के हो ? 'पहिला जे भो-भो । एउटै कुरालाई मनमा लिएर बसिरहनु ठीक होइन । त्यसैले अहिले सँगै काम गरिरहेका छौँ,' कोमलले भनिन्, 'कला व्यवसायी हौँ हामी । मिसअन्डरस्ट्यान्डिङ क्लियर भइसकेको छ ।' भिडियो सुटिङमा गायक मिबम गायिका कोमलले खोजेझैँ 'गोजीमा गाँठ भएको' मर्दको भूमिकामा देखिँदै छन् । श्रोता र दर्शकलाई नौलो स्वाद दिनका लागि नयाँ एल्बम ल्याउन लागेको कोमलले बताइन् ।


 (Source: Naya Patrika)

गाँठवाला मर्द खोज्दै कोमल
दुलही श्रृँगार प्रतियोगिताको आयोजना
गायक तथा मोडल लक्ष्य मल्ल
कति लिन्छन नेपाली नायक–नायिका (दिव्यज्योति मिश्र/किशोर पौडेल
जुर्‍यो जोडी धुर्मुस र सुन्तुको
किशोर किशोरीमा बढ्दो असुरक्षित यौन
पुरुषहरुको गफिने विषय के ?
"लक्ष्मी" ले हात पार् यो जुरी अवार्ड
तालमा रोमान्स
भुवनले धज्जी उडाए सेनाको
देब लिम्बु "मृत्‍यु" लिएर बजारमा आउने
मातृभूमि खोज्दै छन् निर्देशक पुरी
मिजासिली उमिता
जोमसोम पुग्यो मातृभूमि
'देशदेखि विदेशले पोखरामा एक साता पार गर्‍यो
काठमाडौकी नेवार्नी मधेसीकी नेत्रीनी ?
राजनीति गर्ने ? चलचित्रमा लाग्नुस्
पूजालाई गर्दा निर्माता रोए ? बकबास !
  Untitled Document