|
भुवनले धज्जी उडाए सेनाको |
|
राजेन्द्र बस्नेत
के नेपाली सेनाको ब्यारेकमा जोकोही सजिलै छिर्न सक्छ - वरिपरिका सेन्ट्री र मूलद्वारमा बसेका हतियारधारी सुरक्षाकर्मी निकम्मा छन् - जसले गैरसैनिक व्यक्ति सजिलै ब्यारेकभित्र पसेको समेत पत्तो पाउ“दैन ।
सेनाकै सहयोग, र्समर्थन र समन्वय उल्लेख गरिएको चलचित्र 'म... तिमीबिना मरिहाल्छु' ले भन्छ- सुरक्षामा खटिएका सैनिक निकम्मा छन् र जो कोही सजिलै ब्यारेकमा छिर्न सक्छ । अर्थात, प्रष्टस“ग भन्न सकिन्छ- 'यो चलचित्रले उच्च संवेदनशील निकाय नेपाली सेनाको सुरक्षास्थितिको धज्जी उडाएको छ ।' फिल्ममा सेनाकै अधिकारीहरूसमेत अभिनयमा छन् । सेनाकै सुरक्षा प्रणालीको उपहासमा कतैबाट आपत्ति आएको छैन- चलचित्र चलेको दोस्रोसाता भइसक्दा समेत ।
निर्माता नायक भुवन केसी 'झुल्कन्छन् त केही लिएरै झुल्कन्छन्' भन्ने आमदर्शकको अपेक्षा र विश्वास यो पटक टुक्रिएको छ । तर 'म...तिमी बिना मरिहाल्छु' हेरेपछि प्रश्न उठ्छ- नेपाली रजतपटमा अब भुवन केसीका दिन गएकै हुन् - 'करोडपति', 'नेपालीबाबु' र 'सुपरस्टार' को स्वादका कारण एउटा आशा बोकेर यो फिल्म हर्ेन सिनेमाहल पुग्ने दर्शक चलचित्र हेरिसकेपछि खिन्न हुन्छन् ।
चलचित्रमा न नया“पन छ, न शर्ीष्ाकस“ग मेल खाने कथावस्तु नै । नाउ“ सुन्दा प्रेमकथामा आधारित भनेर आकषिर्त हुने युवापुस्ता चलचित्र हेरेपछि जब 'यो त केबल सौतेनी छोराको सम्पत्ति हडप्न खोज्ने महिला र उनकी बुहारी बीचको द्वन्द्व मात्र रहेछ' भन्ने थाहा पाउ“छन्, तब निराश हुन्छन् ।
कथावस्तु पुरानै र्ढराको छ । मामाले एक भट्टीवालस“ग बिहे गरिदिन खोज्दा भाग्दै सेनाको ब्यारेकभित्र छिरेकी नायिका -झरना थापा) रातभर त्यही“ लुक्छिन् । समाज र आफन्तले अस्मितामाथि प्रश्न उठाएपछि सेनाका मेजर भनिएका नायक -भुवन)ले उनीस“ग विवाह गर्छन् । मेजर कंगो जा“दा आतंकवादीको कब्जामा परे पनि विष्फोटमा उनको हेलमेट उछिट्टएिकाले सबैतिर उनको मृत्युको खबर पुग्छ । तब भुवनकी सौतेनी आमा-सुशीला रायमाझी)ले सम्पत्ति हडप्न बुहारीको हत्यासमेत गराउ“छिन् । दिदीको हत्यापछि जुम्ल्याहा बहिनी -झरना दोहोरो भूमिकामा छिन्) दिदी बनेर घरमा फर्किन्छिन् र बदला लिन सुरु गर्छिन् । तर सासुलाई लाग्छ- नदीमा फ्या“किएकी बुहारी जिउ“दै फर्किएकी हो ।
केही वर्षछि भुवन आतंककारीको कब्जाबाट फुत्किन्छन् । आमाको हत्या देखेर बोल्न र चल्न नसक्ने विक्षिप्त अवस्थामा पुगेका बालक -भुवनका छोरा) ठीक भएपछि मात्र श्रीमतीको हत्या भइसकेको र सालीले श्रीमती बनेर परिवार, छोरा र सम्पतिको रक्षा गरेको रहस्य भुवनले थाहा पाउ“छन् । त्यही सौतेलो नातिलाई अपहरण गरी फिरौती माग्नसमेत सुशीला रायमाझी पछि पर्दिनन् । भुवनको छोरो बचाउन सेनाकी क्याप्टेन सुस्मिता केसी हेलिकप्टर लिएर सघाउन आउ“छिन्, जसलाई भुवनले कंगोमा आतकंकारीको कब्जाबाट छुटाएका हुन्छन् । अन्त्यमा सुशीला रायमाझीको मृत्युस“गै फिल्म सकिन्छ ।
कथावस्तुले नमागेको डान्सबारको मसालेदार गीत र नृत्य दर्शकलाई कोच्याउन खोजिएको छ । झरनाको हात समातेर सिन्दूर हाल्न मन्दिरतर्फलाग्दा भुवनको हातमा रहेको पेस्तोल पत्तै नपाई गायब हुन्छ । नाटकीय रूपमा फट्को मार्ने यस्ता दृश्य र प्राविधिक पक्ष धेरै छन् । जसले निर्देशक दयाराम दाहाललाई मात्र होइन, सिंगो फिल्मलाई असफलताको दर्जामा उभ्याएको छ । सुशीला रायमाझी र उनकी छोरीको नाटकीय रूपमा एक्कासि परिवर्तन हुने व्यवहारले दर्शकलाई दिक्क बनाउ“छ । चलचित्रमा सैनिकी स्वाभिमान र शक्तिलाई उजागार गर्न सकिएको छैन । गोलीका वषर्ा भइरह“दा सात जना सैनिक छाती फुलाउ“दै अघि बढेको र अतंककारीको सेल्टर कब्जा गरेको दृश्य अति नै अस्वाभाविक छ । राइफलबाट गोली छुट्दा हात मात्र होइन, भुवन आफैं हल्लिएको दृश्यले 'बिचरा' समेत भन्न मन लाग्छ ।
सुस्मिताको एकहोरो प्रेमलाई निर्देशकले खुलाउन सकेका छैनन्, केबल संकेतमा सीमित पारेका छन् । पानीको प्यासझैं यो पक्षको अभाव दर्शकलाई खडकिन्छ । भुवन, सुशीला, झरना लगायतको अभिनय आशा गरेअनुसार छैन् । सुस्मिताको फाइट सशक्त छ, अन्य फाइटमा द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी खस्केका छन् । सुस्मिता र बालकको अभिनय तथा भूमिका थोरै भए पनि प्रभावशाली छ ।
'पर्खिबस है माया..' र 'घरको याद आयो..' दर्ुइ गीतले मात्र दर्शकको मन छुन्छ । अन्य गीतमा शम्भुजित बास्कोटा कमजोर छन् । श्रृंगार र सम्पादनमा अल्छी गरेको प्रस्टिन्छ । राम्रा दृश्यलाई कैद गरी शम्भु सापकोटाले अब्बल दर्जाको छायांकन गरेका छन् ।
नेपाली सिने जगतमा भुवन केसीलाई सामान्य नायक र निर्माताका रूपमा मात्र लिन सकिन्न । स्थापित यी हस्तीको उपस्थिति र प्रस्तुतिले नेपाली रजतपटमा छुट्टै अर्थ राख्छ । तर स्तरीयताको खोजी भन्दा बिकाउ सिनेमाको फर्मुलामा निर्माण पक्ष लोभिएकाले भुवन केसी यो प्रोजेक्ट असफल देखिएको छ ।
(Ekantipur.com) |
|