Untitled Document
10/Mar/10 ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको ज्यान को मृत्यु || राष्ट्यि भलिबल प्रतियोगितको उपाधी नेपाली सेनालाई || माओवादीको उदय शान्ति र लोकतन्त्र विरोधी शक्तिको रुपमाः देउवा || राजनितीक गतिरोध जारी रहे संविधान जारी नहुने भट्टराइ || बालिकासहित २ को मृत्यु ||  
TanahunOnline
 
 
 
 
 
साउदी अरबको नेपाली समाज – विसंगति र सम्भावनाहरु- - धरम के.सी.

१. “मेरो तलब त ब्याज तिर्दैमा सकिने भयो, महिनाकै सयकडा १० तिर्नुपर्छ, के लिएर घर जाने होला?”
२. “हाम्रो एक जना भाइ ब्लु फिल्मको सिडी बेच्दा पक्राउ परे, उनलाई जेलबाट कसरि छुटाउने होला?”
३. “रातिको बेला बाटो क्रस गर्दा दुर्घटनामा परियो, अस्पतालमा ब्लड चेक गर्दा अल्कोहल भेटियो, रक्सी नेपाली बाटै पाएको थिएँ, अहिले वहाँ पनि जेलमा, म पनि अब अस्पतालबाट घर जाने कि जेल थाहा छैन”
४. “पाएको तलब ५०० रियाल मध्ये ४०० त खाना, फोन र यता उता घुम्दा नै सकिन्छ, बचेको १०० रियाल महिनाको २ पटक थाई लटरी खेल्ने गरेको छु, लटरी परेपछि मात्रै घर जान सक्ने अवस्थामा छु”

माथिका ४ ओटै समस्याहरु म आँफैले प्रत्यक्ष देखेको छु | यी सबै साउदी अरबको नेपाली समाजका समस्या या विकृतिका प्रतिक हुन् | जानेर या नजानेर हाम्रा कतिपय नेपाली दाजु भाइहरु बाटो बिराएर कुकर्ममा लाग्नु भएको छ | साउदी अरबका २ बिकराल समस्याहरु – भागी हिंड्ने कामदार र घरेलु महिला कामदारका अतिरिक्त देखा परेका सामाजिक समस्या हुन् यी | माथिका २ बिकृतिहरु साउदी अरबको कानून, रितिरिवाज, धार्मिक र सांस्कृतिक मूल्य मान्यताहरुको जानकारी नहुँदा या बुझेर पनि बुझ पचाउँदा देखिएका हुन् भने पहिलो र चौथो समस्या भने व्यक्ति आँफैले चरम आर्थिक संकट या ऋणबाट मुक्त हुन सिर्जना गरेका समस्या हुन् | अरु पनि कति ज्ञात अज्ञात समस्याहरु छन् जसमा साउदी अरबमा रहेका नेपालीहरु जेलिएका छन्, प्राय: एउटा समस्या अर्को संग जोडिएको हुन्छ अर्थात् एउटा पीडा या संकटबाट मुक्ति पाउन अर्को संकटमा फसिरहेको पनि पाइन्छ | बिस्लेषण गर्दै जांदा हामि फेरी नेपालमै पुग्छौं जहाँबाटै धेरै जसो समस्याहरुको उद्गम भएको हुन्छ | देशको अर्थतन्त्र, रोजगारका अवसरहरु, उद्योग व्यवसायको अवस्था अनि म्यानपावर कम्पनीहरुका विभिन्न थरिका ठगि र धोखाधडीहरुमा पुग्छौं हामी | यस्ता विकृतिहरुलाई न्युनिकरण गर्न हामि सबैको सामुहिक चिन्तन र पहल जरुरि छ |

साउदी अरबमा रहेको नेपालीहरुको बिशाल संख्या भित्र बिशाल सम्भावनाहरु पनि छन् | नेपालीहरु यहाँ आएर बिकृतीमा फसेका मात्र होइनन, नेपालमै बिग्रिएका या बिग्रनै आँटेका कतिपय युवाहरु तिनका अभिभावकले सुध्रिनकै लागि साउदी अरब पठाएको र साँच्चिनै सुध्रिएका पनि प्रसस्त उदाहारणहरु पाउन सकिन्छ | एकाबिहानै देखि बेलुका सम्म काम गर्नै पर्ने, सिनेमा हल, भट्टी पसल नभएको, जुलुस, हड्ताल या राजनैतिक क्रियाकलाप नहुने हुँदा, बरालिने सम्भावना त्यसै पनि अति सिमित रहन्छ | महत्वपुर्ण कुरा त यो छ कि प्राय: अदक्ष या अर्ध दक्ष नेपाली कामदारहरु यहाँ आएर १-२ बर्षको छोटो अवधिमै दक्ष बनेको र धेरैले त्यहि शीप अभिवृद्धि संगै आफ्नो तलब सुबिधामा पनि धेरथोर वृद्धि गर्न सफल भएका छन् | हालैका दिनहरुमा साउदी अरबमा सिमित संख्यामै भए पनि मध्यमस्तरीय र उच्चस्तरीय जनशक्ति पनि आउन थालेका छन् र केहि बर्ष पहिले औंलामा गन्न सकिने नेपाली परिवारहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ अहिले | खोजि र पहिचान गर्न सके यहाँ संस्कृतिकर्मी कलाकारहरु, साहित्यकारहरु, लेखक र पत्रकारहरुको पनि कमि छैन | फाट्टफुट्ट रूपमा स्वतन्त्र ब्यापार व्यवसाय गर्नेहरु पनि छन् यहाँ | नेपाली सामाजिक संघ संस्थाहरुको त झन यहाँ भीड नै छ भन्दा पनि हुन्छ | यसरि फूलहरुको कुनै कमि छैन, कमि छ त यी तमाम फूलहरुलाई उनेर एउटै माला बनाउने धागोको | गैर आवासीय नेपाली संघ जन्मदैको एउटा उद्देश्य यिनै फूलहरुलाई उनेर एउटै माला बनाउने नै हो | तर शायद यसरि सबै एउटै साझा चौतारीमा उभिने यस अघिको संस्कार, अभ्यास र नजिर नभएर पनि होला, गैर आवासीय नेपाली संघको यो चाहना भने शत प्रतिशत पुरा हुन सकिरहेको छैन | जबकी यस संघ मार्फत सबै प्रवासी नेपालीहरु एकत्रित भएर नेपाल र नेपालीहरुका लागि गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् | यहाका लाखौँ नेपाली कामदारहरुका श्रम, शीप र अनुभवहरु भोलिका दिनमा राष्ट्र निर्माणमा कहाँ कसरि उपयोग गर्ने, थोरै भएपनि आफ्नो आर्जनलाई कहाँ लगानी गर्ने मात्र होइन, साउदी अरबमै पनि लाखौँ श्रमजीवी नेपालीहरुको रोजगारलाई कसरि सुरक्षित राख्ने, यसलाई बढी सुविधायुक्त र मर्यादित कसरि बनाउने अनि आपद विपद पर्दा संस्थागत रूपमा कसरि सघाउने भन्ने कुरातर्फ प्रयाप्त ध्यान दृष्टि दिंदै राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिंदै यथासक्य पहल गर्न पनि यो भन्दा उपयुक्त संस्था अर्को देखिएको छैन | 

तर कमसेकम यस संघको उपल्लो तहमा रहने जिम्मेवार सदस्य तथा पदाधिकारीहरुमा उच्चस्तरीय सुझ बुझ, अन्तराष्ट्रिय एक्यबद्धता, भाइचारा तथा दूरदर्शिता रहन सकेन भने यो संगठन सहज ढंगले सहि दिशामा अघि बढ्न गाह्रो हुनेछ | जब सम्म दोहोरो नागरिकता जस्ता बिषयहरुमा राष्ट्रिय आवस्यकता र महत्व देख्न सकिदैन र अन्तत्वगत्वा त्यसबाट खाडीकै एन आर एन हरु पनि लाभान्वित हुन सक्दछन भन्ने बुझ्न सकिदैन, एन आर एन ए को अन्तराष्ट्रिय महत्व, गरिमा र औचित्यलाई पनि आत्मसाथ गर्न सकिदैन |

एउटा सामान्य कुरा, आज मलेसियाका एन आर एन ब्यबसायीहरुले आफ्ना ग्राहकहरु यदि एन आर एन ए का सदस्यहरु भएमा १०% छुट दिने निर्णय गरेका छन्, एन आर एन ए को बिशेष पहलमा बिरामी एन आर एन को उपचारको खर्च मिनाहा हुन सक्दछ भने भोलि दोहोरो नागरिकता लिने एन आर एन हरुको लगानीका परियोजना तथा उद्योग व्यवसायहरुमा खाडीबाट फर्कने एन आर एन हरुले आँफुले आर्जेको ज्ञान, शिप र श्रम बिशेष सम्मान र प्राथमिकताका साथ उपयोग गर्न किन नपाउलान? थोपा थोपाले सागर बन्छ भने जस्तै, खाडीकै एन आर एन हरुबाट पनि सामुहिक लगानीमा ठुलै परियोजनाहरु चल्न सक्दछन, संख्याको महत्व नै तेही हो |

परन्तु आज बिडम्बना यो छ कि एकातिर नेपाल सरकारले एन आर एन ए ले ६ महिना भन्दा भन्दै २ बर्ष बाहिर बसे पछि मात्र एन आर एन मानिने भनेको छ भने अर्को तिर खाडीकै केहि जिम्मेवार एन आर एन हरुबाटै हामि त मात्र २ बर्षका लागि भाडामा ल्याइएका हौँ यहाँ, २ बर्ष पछी त हामि एन आर एन नै रहँदैनौ नि, किन चाहियो एन आर एन नै भनी एन आर एन ए प्रति नै बितृष्णा देखाउने गरिएको छ | जबकी यथार्थमा यहाँ ५-१० बर्षदेखीनै काम गर्दै, बस्दै आएका लाखौँ नेपालीहरु छन्, स्वदेशको बर्तमान अवस्था हेर्दा अझै अरु कति बर्ष यहि (प्रबाशमै) रहनु पर्ने हो, केहि भन्न सकिने अवस्था छैन, जो छिटै (२ बर्ष भित्रै) स्वदेश फर्केका छन् उनीहरुमध्ये पनि अधिकांश पुन: घुमी फिरी यतै प्रबाशमै फर्कने गरेका छन् | गैर आवासीय नेपालीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६४ पृष्ठ ४ को दफा ४(३) को उपदफा २ बमोजिम पनि “२ बर्ष भन्दा बढी बिदेशमा बसोबाश गर्न पाउने अनुमति प्राप्त बिदेशमा बस्ने नेपाली नागरिकलाई सो अवधिभरको लागि परिचय पत्र दिनसकिने छ” भने बाट बैदेशिक रोजगारको करारनामा गरि आउने सबै नेपालीहरु उक्त करारनामाकै आधारमा पनि विदेश आए लगत्तै नै एन आर एन बन्ने बुझिन्छ, मात्र ६ महिनाको सम्झौतामा आउने त को नै होलान र यहाँ? आखिर जतिन्जेल बसेपनि प्रबाशमा रहुन्जेल आफ्नो बसाई सुरक्षित, सार्थक र सुविधायुक्त राख्दै राष्ट्रको निर्माण र बिकाशमा प्रबाशबाटै पनि प्रत्यक्ष, अप्रत्यक्ष सहभागिता जनाउन एन आर एन ए यदि साझा मंच र उपयुक्त माध्यम बन्न सक्दछ भने यश संघ प्रति त्यस्तो बितृष्णा देखाउनु भन्दा बरु कसरि यस्लाई प्रबाशी नेपालीहरुको जनजीवनमा अझ उपयोगी, भरपर्दो र प्रभावकारी बनाउन सकिन्छ, त्यतातिर पो सोंच्ने कि?
(लेखक गैर आवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष हुनुहुन्छ)
इमेल: dharamkc@yahoo.com

 

 
 

साउदी अरबको नेपाली समाज – विसंगति र सम्भावनाहरु- - धरम के.सी.
खाडी मुलुकमा नेपाली महिलाका समस्या र समाधानका उपायहरु- यस्मीन बेगम, साउदी अरब
गैर आवासिय नेपाली र परिचय पत्र- शिखर बैद्य
देशको आर्थिक क्रान्तिका लागि गैरआवासीय नेपाली- खेमराज रानाभाट
जातिवाद र प्रतिकारको राजनीति (मोहनविक्रम सिँह)
विश्व शक्ति संघर्षको नयाँ रणभूमि (दीपक गजुरेल)
दाहाल-भट्टराई अन्तर्विरोधका कारण (मोहनविक्रम सिंह)
कायरहरुको मारमा पत्रकारको कलम (हरिप्रसाद पोखरेल)
झुक्न दिन्नौ सगरमाथा (चिरञ्जिबी सुबेदी)
गजल (राजेश नेपाली)
छ नेपाल राम्रो (दिपेन्द्र घिमिरे “तरड्डी”)
एनआरएनएलाई नियाँलेर हेर्दा (धरम के.सी.)
प्रचण्ड गर्जन र नेपाल-भारत सम्बन्ध (हरि रोका)
महिलाहरुको प्रवास यात्रा र सन्तानको भविश्य (तोयानाथ उपेक्षित)
फेरि अर्को मध्यस्थ चाहिने हो कि ? (दीपक गजुरेल)
संविधान बनेन भने "जसका हातमा बन्दुक छ उसैले शासन गर्नेछ"
शान्ति प्रक्रिया कि तुष्टीकरण प्रक्रिया ? (दीपक गजुरेल)
देशको विखण्डनको राजनीति (मोहनविक्रम सिँह)
चीन भारत द्वन्द्वमा नेपाल 'कनेक्सन' (दीपक गजुरेल)
सहमति नै आवश्यक- सिर्जना आर्याल
शान्ति प्रकि्रया अप्ठ्यारोमा - मान बहादुर थापा
न बाबु पट्टिको काका न आमा पट्टिको मामा -दामोदरप्रसाद आचार्य
राष्ट्र विप्लवकारी संघीयता विवादमा - केडिबी राउत
देशमा गम्भीर राजनीतिक संकटको सम्भावना: त्यसको कसरी सामना गर्ने ? – मोहनविक्रम सिंह
माओवादी लडाकूलाई समायोजनको आवश्यकता- बच्चु विक-कन्चनपुर
राजनीतिमा इमानदारी र विश्वसनीयता -दीपक गजुरेल
तात्कालिक राजनीतिक स्थिति र माओवादीहरुको भूमिका- मोहनविक्रम िसंह
राजनीति, जनताको धरोहर हो, जतन गर -अकेला
मेरो कि्रया बस्ने उमेरमा मैले कि्रया बस्नु पर्ने भयो- इराकमा नेपालीको हत्या- समुन्द्र पौडेल
समयमै संविधान बनाउने अन्तिम उपायः गिरीजा राष्ट्रपति प्रचण्ड प्रधानमन्त्री र झलनाथ सारथी- सरोजदिलु विश्वकर्मा
नयाँ संविधान ः कतिाजेलका लागि -दीपक गजुरेल
नयाँ संविधान निर्माणमा विदेषस्थित नेपालीहरूको मताधिकार तथा हक र हितका प्रष्नहरू (महामन्त्री का. मोहनविक्रम सिंह)
ए पब्लिक है भैया, सब जानति है (अ के ला श्रेष्ठ)
आम नागरिकले नबुझेको कुरो (अकेला श्रेष्ठ)
कति छक्याउने र ढाँट्ने राष्ट्रलाई ? (दीपक गजुरेल)
गुडवील भ्रमणः एक विश्लेषण (अ के ला श्रेष्ठ)
एनआरएनए यूएई र मध्यपूर्व सम्मेलन (रमेश बेल्वासे)
जनतालाई सास्ती दिएर सुरक्षा कसको ? (भवानीप्रसाद शर्मा)
"माधव नेपाल कुन वोईफ्रेण्डको नाम हो यार…।!" (सरोजदिलु विश्वकर्मा)
शक्ति राष्ट्रहरुको भीडन्त र नेपाललाई जोखिम (दीपक गजुरेल)
राष्ट्रको आवश्यकता र हाम्रो प्रवृति (दीपक गजुरेल)
सम्झना गोसाईकुन्ड यात्राको (अमर सिँह अधिकारी)
चक्करै चक्कर : राजनीतिक घन्चक्कर (अकेला श्रेष्ठ)
ईतिहासको कठघरामा माओवादी (रामहरी ओझा)
राजनीतिक दलहरु मुलुक हाँक्न असफल (दीपक गजुरेल)
हाम्रा अन्यौलता:हाम्रा दुर्भाग्य (अकेला श्रेष्ठ)
रमजान : चरित्र सुधार करिमबक्स मियाँ
दूरगामी असर : राजनीतिक जालझेलको (अकेला श्रेष्ठ)
संघीयतामा जलश्रोत (रत्न सँसार श्रेष्ठ)
दक्षिण एशियाको बदलिँदो शक्ति समीकरण र हामी (दीपक गजुरेल)
"आतङ्कवाद" को रेडिमेड अर्थ र परिभाषा (अकेला श्रेष्ठ)
राज्यले विश्वसनीयता गुमाउँदा …(दीपक गजुरेल)
नारी स्वतन्त्रता र दमनको समिश्रणः तीज व्रत (दीपा एवाई राई)
भित्रियो संघीयता बुझ्नै नपाई (पशुपति शर्मा)
'राष्ट्र' विनाका उपराष्ट्रपति (सरोजदिलु विश्वकर्मा)
नेपाल: भविष्यको दोसाँधमा (मोहनविक्रम सिंह)
आदिबासी आकाशमा खतराको घण्टी (दिलबहादुर चौधरी)
दलित आन्दोलनका सक्कली र नक्कलीहरु (सरोजदिलु विश्वकर्मा)
संविधान निर्माण कार्य तुहाउने प्रयासलाई रोकौ (शंकरनाथ काफ्ले)
उपराष्ट्रपतिको शपथग्रहण प्रकरण सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे (मोहनविक्रम सिंह)
शेष घलेको सफल अष्ट्रेलिया यात्रा
लेखकको जन्म पाठकको गर्भबाट (नन्दलाल आचार्य)
सरकारको वजेट तथा कार्यन्वयन पक्षका जटिलताहरु (सरोजदिलु विश्वकर्मा)
साउन महिना : हरियो चुरा मेहेन्दी र व्रत (अमृत घिमिरे)
सामाजिक संस्थालाई ब्यापारिकरण नगरौं (इ.धरम के.सी.)
सन्दर्भः युएई र जनप्रगतिशिल मंच (दानबहादुर राजकोटी)
साधुवाद भित्र लुकेका चोरहरु (करिम बक्स मियाँ)
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
कानुनतः मृत्युदण्डको सजाय हुनै पर्ने भयो (सरोजदिलु विश्वकर्मा)
भारतबाट बिजुली आयात: बौद्धिक स्खलनको प्रतिक (रत्न संसार श्रेष्ठ, एफ.सी.ए.)
कूटनीतिमा विश्वसनीयता गुमाउँदा … (दीपक गजुरेल)
अपरिपक्व राजनीति र अकल्पनीय परिणाम(धर्मेन्द्रकुमार झा 'धीरु')
यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ
इस्लाम मित्रता सिकाउँछ (करिम बकस मियाँ)
के देशले प्रतिगमन वा अधिनायकवादलाई निम्ताउँदैछ (मोहनविक्रम सिंह)
अमेरिकाको कडा शैली : परिणाम कठिन हुनसक्छ (दीपक गजुरेल)
मोटोपन घटाउन अपनाउनुपर्ने केही जरुरी कुराहरु
पत्रकारितामा पेशागत होइन, व्यवसायिक एकताको खाँचो (मधु लम्साल)
दक्षिणी सीमाका नागरिक र गौरवमय नेपाली सेना !(सरोजदिलु विश्वकर्मा)
शैलजा दिदीका नाममा दुई शब्द
साधरण जनताको प्रश्न (बसन्त मोहन अधिकारी)
जलबिद्युत विकासको लागि कर राजश्व छूटबाट राष्ट्रहित कति ? (रत्न संसार श्रेष्ठ, एफ.सी.ए.)
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम
यू ए ई मा गणतन्त्र दिवस एक समिक्षा - रमेश बेलबासे
प्रधानमन्त्री माधव नेपालको सम्बोधनको पूर्ण पाठ
राजनैतिक सहमति तथा सहकार्यको अर्थ र महत्व― मोहनविक्रम सिंह
पत्रकारिताको धमिरा कसले तह लगाउने - मधु लम्साल
असफल राष्ट्रको नालीबेली: हामी कहाँ छौँ ? (दीपक गजुरेल)
युद्ध छाडेका छैनौं: प्रचण्ड
प्रधान सेनापतिद्वारा दिइएको स्पष्टीकरण
कटुवाल प्रकरणले उदाँगिएका मुकुण्डो भित्रका अनुहारहरु -दान बहादुर राजकोटी
मई दिवसको गौरवमय परम्परालाई अगाडि बढाऔं !(मान बहादुर थापा)
सुखद् हुन्न कूटनीतिमा खेलाँचीको परिणाम (दीपक गजुरेल)
साउदी एनआरएनको अन्तकृयामा उठेका सवालहरु (इ. धरम के.सी.)
सावधान,आईन्जीओका दलाल र गुलामहरु हो! (सरोजदिलु विश्वकर्मा)
देह व्यापार रमाइलोका लागि !(अमिका राजथला)
संविधानसभाले संघीयतालाई खारेज गर्नुपर्दछ - मोहनविक्रम सिंह
श्रद्दा सुमन ! जंग तिमीलाई!! (मिन रानाभाट)
राहत कोष - समाचारको खण्डन (धर्मेन्द्र कुमार यादव)
राहत कोषका अध्यक्षद्वारा नेपालीको आहात -(रमेश बेलवासे)
ओखलढुंगाको विकासका लागि केही गरौं (गुरु केदार बराल)
एनआरएन साउदी अरबको प्रस्तावित कार्यनीति (धरम केसी)
विश्व साईकल यात्रा र पुस्कर शाह
राष्ट्रपतीय स्वरुपको कार्यकारी नेतृत्व
पश्चिम सेती परियोजनाले सृजना गरेको अन्योलता - रामहरी ओझा
खाडी मुलुकमा रोगगारदाता कम्पनी छोडी भाग्नेहरु (इ. धरम केसी)
प्रवेश दुवाडी उर्फ पिताम्बर बास्तोलाको हेडमास्टरी स्वीकार्य छ (जाकिर हुसैन)
एनआरएन यूएईको निर्वाचन एक समिक्षा (रमेश बेलबासे)
पत्रकार धमलाको गिरफ्तारी र उब्जिएका आशंकाका पाटाहरु (मधु लम्साल)
अक्षरको आस्थाले थपेको चोटः उमा सिँहका सम्झनामा (नन्दलाल आचार्य)
चिर हरण गरिएको एनआरएन युएईको निर्वाचन (प्रवेश दुवाडी)
लेखको प्रभाव फर्जी पत्रकार/पत्रिकामाथि कारवाही होला ? (मधु लम्साल)
निव भाँचिएका कलम चलाउने युएईका पत्रकारहरु (प्रवेश दुवाडी)
नव प्रकाशित कृति "कतार र कतारका नेपालीहरु" आवश्यकता र अपरिहार्यता -(दमनबिक्रम शाह)
विद्युत् संकट र अबको उपाय -(रामेश्वर खनाल)
नेपालमा चीनको स्वार्थ (दिपक गजुरेल)
राज्यलाई सघाउनेभन्दा डिष्ट्रव गर्नमै नागरिक समाज अगाडि (सरोजदिलु विश्वकर्मा)
लट्ठीको शासन र समृद्ध नेपालको खोक्रो परिकल्पना (केशव बोहरा)
विकृति केलाउन खोज्दा (मधु लम्साल)
आफ्नै देशको "सिमानाको खोजिमा" रोक (सागर घिमिरे)
संचार-जगतले पहिले थोत्रो वाहुनवाद चैं टक्टक्याउने की ! (सरोजदिलु विश्वकर्मा)
साम्राज्यवादी सोच पशुपतिनाथको बिरोध (बसन्त मोहन अधिकारी)
पृष्ठभूमिमा "हिमाल" लाई राख्दा -श्रीभक्त खनाल
प्रबासमा पत्रकारलाई धम्की र पत्रकारको महासंघको औचित्य -धर्मेन्द्रकुमार यादब
नेपाली समाज यूएईको २०६५ निर्वाचन विशेष समीक्षा गिरधारी रिजाल मुसाफाह युएई
अतित र बर्तमानका ताता पिरा गन्थन पुरुशोत्तम सुबेदी -बेल्जियम
नयाँ संविधानको निर्माण र राजनैतिक सन्तुलनको प्रश्न - मान बहादुर थापा
तावाबाट फुत्केको माछा भुङ्ग्रोमा – महेश्वर श्रेष्ठ
बच्चाले पनि नपत्याएको प्रहरी प्रशासन - नवराज पथिक
१९८४ नोभेम्बर ३ यात्रा स्मरण र मानव हत्या - पुरुशोत्तम सुबेदी -बेल्जियम
पूँजी निर्माणको एउटा अर्को स्रोत – महेश्वर श्रेष्ठ
यू ए ई मा नेकपा माओवादीका नेता क।वसन्तको उपस्थिति र यसका आधारहरु - दिनेश सापकोटा
देश र दशैं– महेश्वर श्रेष्ठ
सर्माएर संस्कार र संक्रिती जोगिदैन -पुरुशोत्तम सुबेदी -बेल्जियम
असोज १२ गतेको नेपाल बन्दको राजनैतिक महत्व - मोहनविक्रम सिँह
राज्य पुनःसंरचना बारे (भाग–५) – महेश्वर श्रेष्ठ
वैदेशिक रोजगारमा महिलालाई पुनः प्रतिबन्ध :- शरु जोशी श्रेष्ठ
कतै यो साँस्कृतिक क्रान्तिको अभ्यास त होइन -शेखर ढुङ्गेल
राज्य पुनःसंरचना बारे (भाग–४) – महेश्वर श्रेष्ठ
बाढी पीडित र युएईवासी नेपाली -हरि खड्का
राज्य पुनःसंरचना बारे (भाग–३) – महेश्वर श्रेष्ठ
दुहुनो छैन तहरको चोखो -पुरुशोत्तम सुबेदी
राज्य पुनःसंरचना बारे (भाग–२) – महेश्वर श्रेष्ठ
राज्य पुन:संरचना बारे (भाग-१) – महेश्वर श्रेष्ठ
अर्थ लाग्ला त यी हातहरुको ! -पुरुशोत्तम सुबेदी (बेल्जियम)
बिस्थापितहरु भक्कानिन्छन् शिविरहरुमा -जैकी मोजाहु
सुरक्षा र प्रश्न - पुरुशोत्तम सुबेदी
यूरोप भ्रमणका अनुभूति (यात्रा संस्मरण) - मोहनकृष्ण श्रेष्ठ
नेपाली समाजको भावी प्रारुपबारे एक दृष्टिकोण - जाकिर हुसैन
सन्दर्भः ३०औं पुष्पलाल स्मृति दिवस – महेश्वर श्रेष्ठ
नेपाली मुन्नाभाई एमबिबिएस – महेश्वर श्रेष्ठ
नेपाल र भारत गाभिएको नयाँ नेपाल -वुद्धिनारायण श्रॆष्ठ
शैक्षिक जमिन्दार – महेश्वर श्रेष्ठ
वर्तमान राजनीतिक गतिरोधको निकास – महेश्वर श्रेष्ठ
सामाजिक समावेशीकरण-कुमार यात्रु
राष्ट्रपति पदको उपहास -महेश्वर श्रेष्ठ
थरीथरीका गणतन्त्र - प्रदिप खरेल
तेलको मूल्यवृद्धिसंग जोडिएका सवालहरु - महेश्वर श्रेष्ठ
प्रचण्डको हातमा परेवा र माडीको सम्झना
एनआरएनको क्षेत्रिय सम्मेलन: एक अनुभव
युएईमा नेपाली पत्रकारिता:सम्भावना र चुनौती
विधवा विवाहमा परिवारको समर्थन
पूर्वीय समाजमा नारी
श्रम सम्झौताः कूटनैतिक पहल र जिम्मेवारी
कवि ईश्वर वल्लभः माया र श्रद्धाको टीपोट
  Untitled Document