हास्य कलाकारहरुले तताए यूएईका नेपाली दर्शकहरुलाई

Sunday, April 11, 2010

सधै नेपाली टेलिभिजनको पर्दामा देखिने राष्ट्रिय स्तरका चर्चित हास्य कलाकारहरुलाई प्रवासमा आफ्नै अगाडि देख्दा यूएईका नेपाली दर्शकहरु अनौठो मात्र मानेन् रमाईलो महसुस गरी पेट मिची मिची हासे ।


उद्धघोषक निमेश गिरीले नेपालबाट आमन्त्रीत कलाकारहरुको परिचय गराउदै स्टेजमा आगमन भईसकेको र स्टेजमा आउनलाई नाम मात्र के बोलेका थिए स्टेज एका एक ताली र विभिन्न थेगोले हल तात्न थाल्यो । पहिलो पटक यूएई आएका मुला साग धुर्मुस सुन्तली तथा माग्ने बुढा माचमा देखा पर्नासाथ भिड अनियन्त्रित बन्न थालेको थियो ।

हातमा मुला साग लिई सुरुवालको तुना झुण्डाउदै यो के हो भन्दै स्टेजमा जव सुरेन्द्र केसी देखा परे सबैले ए मुला साग भन्दै उनलाई बोलाउन थाले । उनले समसामाहिक विषयबस्तु साथमा लोग्ने मान्छे र स्वास्नी मान्छेका विभिन्न स्वभावको ठट्यौली प्रस्तुत गरे । स्थानिय कलाकार पि्रया लामा चोरी भो चोरी भो के चोरी भो यो छोरीको जोवन छोरी भो भन्दै नृत्य संगै सास्कृतिक कार्यक्रम सुरु भएको थियो । मिना वाईवा आफ्नो दिललाई किन धक धक गर्छ भन्दै सोध्दै थिईन् भने यूएईको सास्कृतिक कार्यक्रममा पहिलो पटक गरिवको पाखैमा घाम झुल्काउदै देखा परे राज यज्ञ आफ्नै एल्वमको अर्को गीत पनि गाएका थिए ।

सम्झना थिङले पानी मिठो मेरो हजुर ईलाम बजारको कुन्ति मुक्तानको गीतमा नृत्य गरीन् । स्थानिय कलाकारहरुको प्रस्तुती भईरहदा उद्धघोषकले अनुराग थपलियालाई क्यान्डल नाच नाच्नको लागि स्टेजमा बोलाए । अन्धकार स्टेजमा उनले मुठ्ीभरी लिएका मम बत्ती बाले अनि यो मायाँ के हो आगो हो की पानी हो भन्दै मम बत्तीको थोपाहरु शरीरमा चुहाउन थाले । दर्शकहरु उनको नृत्यलाई अति प्रसंसा गरे र उनको उक्त नृत्यले दर्शकहरुलाई पिडादायी मनोराजन दिएको थियो । भन्छन् कोही कर्कलाको पानी जस्तै हो भन्दै थिईन् रेखा घिमिरे पुजा लामाले यो हो मेरो माईतिघरको भाकाको गीतमा नृत्य गरिन् ।



भर्खरै सबैलाई पेट मिची मिची हसाएका सुरेन्द्र केसी आफ्नै एल्वम् मुला सागको सेन्टिमेन्टल गीत गाउन स्टेजमा आए । दर्शकहरु हासेनन् तर उनको गीतका शब्दहरुले मौनतामा हराए । उनले भन्दै थिए आफ्नै मर्जिले मर्न पाए माकसम म मर्दिन्थे । उनले अर्को पप लोक गीत पनि गाए । यूएईका दर्शकले उनलाई मुला सागको मात्र भनेर चिनेका थिए तर उनको स्वरले उनी हास्य कलाकार मात्र हैन गायक पनि रहेछन् भनेर चिने ।

उद्धघोषक निमेश गिरीले भर्खरै दुवईमा भएको व्यूटी क्विनबाट नेपालबाट पनि भाग लिएको भन्दै एक जना कलाकारलाई नाम पनि नभनी दर्शकहरुलाई नै भन्न अनुरोध गरे तब दर्शकहरु अल्लमल्ल परे । स्टेजमा मलाई मायाँले सतायो लौ भन्दै दिपक गुरुङ केटीको भेषमा स्टेजमा नृत्य गर्न आउदा दर्शकहरुले ताली र वा वा ले हुटीङ गरीरहे । दर्शकहरु उनको नृत्यबाट भरपूर्ण मनोराजन लिए ।
बर दुवई हो की पिपल दुवई भन्दै मेरी वासै टेलिसिरियलकै भेषमा जव स्टेजमा माग्ने बुढा आए दर्शकहरु उनलाई झम्टनै जाउ जस्तै झुम्मे । नेपालीलेनै राखेको होला सायद यो बर दुवई भन्ने नाम भन्दै थिए । आफु अन्तराष्ट्रिय स्तरको गायक भएको भन्दै उनले व्यङग्यात्मक तरिकाले नेपालको राजनीतिकलाई तिर हान्दै थिए । उनलाई साथ दिन धुर्मुस र सुन्तली स्टेजमा उहि हाउ भाउ अनि भेष भुषा सबै मेरी बासै । दर्शकहरुको ताली र हासोको फोहोराले उनिहरु एक पटक रोक्किए पनि । उनिहरुले करिव ३० मिनेट उपस्थित सबै दर्शकहरुलाई पेट मिची मिची हसाउन सफल भए । उनिहरुको हास्य प्रहसन सकिन नपाउदै उद्धघोषकले कार्यक्रम अन्त्य भएको भन्ने घोषणा गर्न थाले दर्शकहरु निरास हुदै हलबाट उठ्न बाध्य भए । ढिलो गरी दिनको ५ः३० बाट सुरु भएको उक्त कार्यक्रम रातको ८ नबज्दै समाप्त भयो ।
दर्शकहरुको वाक्लै उपस्थिति रहेको उक्त कार्यक्रममा अर्का चर्चित लोक पप गायक क्रान्ति आले र नृत्यङगना सम्झना बुढाथोकी नआएको खवरले दर्शकहरु खिन्न देखिन्थे । उनिहरुको आफ्नै समस्याले गर्दा कार्यक्रममा उपस्थित नभएको उद्घोषकले भन्दा आयोजकले झुक्याएको भन्दै थिए दर्शकहरु भने सास्कृतिक कार्यक्रम हेर्न भनेर आएका दर्शकहरु प्राय उनिहरु नआएको खवरले गेटबाटनै फर्केका थिए ।

यूएईमा सास्कृतिक कार्यक्रम

Wednesday, April 7, 2010

Share गत शुक्रवार मार्च २६ २०१०का दिन ईलामेली समाज युएईले दुवईको एभरेष्ट होटलमा भर्खरै इलाममा भएको आगोलागीको सहयोगार्थ एक सास्कृतिक कार्यक्रमको आयोजना गर्यो ।


नेपाली राजदूतावास यूएईका द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेलको प्रमखु आथित्य तथा समाजका सभापति तुलसी तामाङ्गको समापतित्वमा सम्पन्न उक्त सास्कृतिक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा उप प्रमुखहरु साथ साथै यूएईमा छरिएर रहेका प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रकृति र संस्कृति-तनहुँको बन्दीपुर

Sunday, April 4, 2010

अढाइ सय वर्ष पुरानो बन्दीपुर प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पन्नताको सङ्गमस्थल हो।

पहाडको अक्करमा फुल्ने गुराँस जस्तै प्रायः रमाइला ठाउँहरू पनि बाटैमा फेला पर्दैनन्। तर, तनहुँको बन्दीपुर काठमाडौँ पोखराको आरामदायी एकदिने गाडी यात्राको बीचतिर पर्छ। डुम्रे बजारको दक्षिणतिर सात किलोमिटर उकालोमा तपाइँले खुई खुई गर्नुपर्दैन, तनुहँको यो पुरानो सदरमुकामसम्म मारुतिजस्ता साना कार पनि मज्जाले गुड्न सक्छन्। यसैले बन्दीपुर सुगम गन्तव्य हो।read more.

नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको शहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ। रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन्। बन्दीपुर वरिप।िरका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ। दुई―तीन दिनको भ्रमणका निम्ति बन्दीपुर उपयुक्त छ।
मुग्लिङबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ, त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले। यही नै बन्दीपुरको फेद हो, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी शहर बन्दीपुर पुग्न सकिन्छ।
यदि तपाई पैदल यात्राकै मजा लिन चाहनुहुन्छ भने चर्चित बन्दीपुरे उकालोमा नागबेली पैदल बाटोले तपाइँलाई पर्खिइरहेको हुनेछ। डुम्रेबाट एक किलोमिटर पूर्वमा रहेको यो तीन किलोमिटर उकालो छिचोल्न त्यस्तै दुई/तीन घण्टा जति लाग्छ। उकालो चढिसकेपछि पसिनाले लत्पत तपाइँ बन्दीपुरको टुँडिखेल पुग्नुहुनेछ। जहाँ पसिना र थकाई उडाएर लैजान हिमाली हावा सधैँ तयार रहन्छ।

हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो। बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिँउमात्र देखिँदैन, ३०० किमि फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन्।

बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ। पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित)े, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन्। बन्दीपुरका हिमाल हाँस्दैनन्, मुस्कुराउँछन्। तलतिर मर्स्याड्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दीपुर उपत्यका माथि झुण्डिइरहेको छ! बन्दीपुरले प्राकृतिक भ्यु टावर को उपमा यसै पाएको होइन!

बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ। यहाँको सिद्ध गुफा नेपालकै सबैभ्ान्दा ठूलो गुफा मानिन्छ। डा. तीर्थबहादुर श्रेष्ठ आफ्नो बन्दीपुर यात्रा सम्झ्ँदै भन्छन्, “सिद्ध गुफामा त हात्ती चढेर पनि जान सकिन्छ होला। भित्र त टेनिस नै खेल्न पुग्ने ठाउँ छ।” बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन्।

बन्दीपुर समाज विकास समितिका पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ भन्छन्, “पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो। मङ्सिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ।”

ध्यजेठदेखि मध्य-असारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन्। यीमध्ये ब्याम्बो अर्किड त फागुन, चैतदेखि पुससम्मै ‘इलाउँदैन।

बन्दीपुरमा बसोबासको पनि समस्या हुँदैन। टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ। यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी सशुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ।


प्रवेशः डुम्रे

यातायातः गाडी/पैदल

बासः होटल/सशुल्क पाहुना

अवधिः २―३ दिन

आकर्षणः प्राकृतिक, सांस्कृतिक र पैदल यात्रा

उचित मौसम मध्य असोजदेखि मध्य फागुन

खर्चः रातको रु. २०० देखि १००० सम्म बस्न र खाना छाकको लगभग रु.१००

उचाइः ३५०० फिट">